अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु भएको छ । ३० हजार जनामा गर्न लागिएको यो परीक्षण अहिलेसम्मकै ठूलो हुने बीबीसीले जनाएको छ ।
अन्तिम चरणको परीक्षणपछि यसले काम गर्ने वा नगर्ने बारेमा अनुसन्धानकर्ताले अध्ययन गर्ने छन् । अहिलेसम्म विश्वभर १ करोड ६६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक करोड दुई लाखभन्दा धेरै निको भइसकेका छन् ।