कागेश्वरीमनोहरा नगरपालिकामा एक घर एक फलफूल कार्यक्रम

 कृष्ण वाग्ले

साउन १२ काठमाण्डाै । कागेश्वरीमनोहरा नगरपालिकाले एक घर एक फलफूल कार्यक्रमलाई अगाडि बढाएकाे छ । कार्यक्रम अन्तर्गत हरेक वडामा ५ सय वटा अम्बा र ५ सय वटा कागतीको बिरुवा वितरण गर्दैछ। नगरपालिकाको कृषि शाखाले ९ वटा वडाका लागि १० हजार वटा बिरुवा व्यवस्थापन गरेको छ । त्यसका लागि नगरपालिकाले २ लाख ८८ हजार बजेट खर्च गरेकाे छ ।

आफ्नो घर बारीमा लगाउन चाहने किसानहरुका लागी बिरुवा ल्याइएको कागेश्वरीमनोहरा नगरपालिकाका कृषि शाखा प्रमुख बिष्णु भट्टराईले जानकारी दिनुभयो । वडा नम्बर १ मा १,१ हजार वटा र वडा नम्बर २ देखी ९ सम्म ५,५ सय वटा बिरुवा गरी जम्मा १० हजार वटा अम्बा र कागतीका बिरुवा बितरण गरिएको हो ।

नगरपालिकाले वडा कार्यालयलाई बिरुवा प्रदान गरे लगतै वडाले सूचना प्रकाशित गरी इच्छुक किसानहरुलाई बिरुवा वितरण थालिसकेको कृषि शाखा प्रमुख भट्टराईले बताउनुभयो । एक घर एक फलफूल वृक्ष कार्यक्रम अन्तर्गत वडा नम्बर ६ ले अम्बा र कागतीका बिरुवा स्थानीयलाई बितरण गर्न थालेको वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश फुँयालले जानकारी दिनुभयो । वडा नम्बर ३ मा आइतबार नै बितरण भइसकेको छ ।

वडा कार्यलयमा गएर नाम लेखाइ १,१ वटा अम्बा र कागतीका बिरुवा लिएर आएकाे वडा नम्बर ३ का स्थानिय हरिकेशब पुडासैनीले बताउनुभयाे । बिरुवा पाएपछि उहाँले भन्नुभयो, अब आफ्नै घरमा फल उत्पादन गरी खान पाइने भयाे ।

स्वस्थ फलफूलको उत्पादन र उपभोगमा वृद्वि गर्ने उदेश्यका साथ एक घर एक फलफूल कार्यक्रम थालिएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।