काठमाडौँको अनामनगर र मध्यबानेश्वर जोड्ने पुलको उचाइ कम गरिने

काठमाडौँको अनामनगर र मध्यबानेश्वर जोड्ने पुलको उचाइ कम गरिने भएको छ ।

निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएपछि पुलको उचाइ कम गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । वर्षाको समयमा पानीको तह माथिसम्म पुग्ने भएकाले पुल अग्लो बनाइएको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो ।

देशभरका बिभिन्न ठाउँमा बनेका पुल आवश्यकताभन्दा अग्लो भएको, खोला एकातिर र पुल अर्कातिर भएको लगायतका गुनासो सडक विभागमा आउने गरेको छ । विभागले भने खोलाले समय समयमा यसको दिशा बदल्ने हुँदा दुई तीन वर्ष पहिले गरिएको डिजाइन पछि काम फरक पर्न सक्ने बताएको छ ।