शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन ले जनाएको छ ।
यसअघि विश्वभर एकै दिन जुलाई १२ मा दुई लाख ३० हजार ३७० जना संक्रमित थपिएका थिए ।
विश्वभर कुल संक्रमितको संख्या शुक्रबार एक करोड ४० लाख नाघ्यो । यस्तै ज्यान गुमाउनेको संख्या पाँच लाख ९० हजार भन्दा बढी पुगेको छ ।