मनसुन फेरि सक्रिय : सावधानी अपनाउन आग्रह

देशभर मौसम बदली भई धेरै स्थानमा पानी परेको छ । मनसुनी वायु को प्रभावका कारण बदली तथा वर्षा भएको हो ।

मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ । शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

यसैबिच लगातार पानी परेका कारण काठमाडौँ उपत्यकाका विष्णुमति, मनोहरा, हनुमन्ते, नख्खुसहितका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

[sidebar name="button post"]