टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक

सन् २०२१ मा हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ ।

कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने छ ।

३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ ।

यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।