कबिता चापागाई
साउन २ । काठमाण्डाैकाे कागेश्वरीमनोहरा नगरपालिका वडा नम्बर ३ काे भद्रवासको सडक खण्ड हिलाेले भद्रगाेल भएकाे छ । हिलाेले सडक बिग्रदा सर्वसाधारण नागरिकले सास्ती भाेग्नुपरेकाे छ ।

हिलाम्मे सडकका कारण हिड्न सक्ने अवस्था नरहेकाे स्थानीयबासीकाे गुनासाे छ । स्थानीय बासिन्दाले भद्रबास स्कुल अगाडीको बाटोमा पर्खाल लगाउन लागेकोले पछाडीको बैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्।

भद्रबास स्कुल पछाडीको बैकल्पिक बाटोपनि हिड्न सहज भने छैन ।लकडाउन अगाडिदेखि नै मर्मत कार्य सुरु गरेको बाटो कोरोना महामारीले गर्दा मर्मत कार्यमा ढिलासुस्ती भएको वडाध्यक्ष राममणी पुडासैनीले बताउनुभयाे।

महामारीको समयमा मान्छे पाए सामान नपाउने र समान पाए मान्छे नपाउने हुदा मर्मत कार्यमा ढिलाई भइरहेको उहाँकाे भनाइ छ। तर स्थानियबासीले हिलाम्मे बाटोका कारण दैनिक आवतजावतमा कठिनाई भईरहेको गुनासाे गरेका छन्।
कामदार र सामग्री उपलब्ध हुनासाथ सडक खण्डलाई १५ दिनमा नै मर्मत गरीसक्ने वडाध्यक्ष पुडासैनिले बताउनुभयाे ।








