दुनियाँकै सबैभन्दा ठूलो ठूला व्यापारी तथा नेताहरुको ट्विटर ह्याक

अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक गरिएको छ ।

ह्याक गरिएका एकाउण्टमा गरिएको पोष्टमा बिटक्वाइनको लागि चन्दा मागेको छ । बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा लेखिएको छ मलाई तपाईं एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।

अमेरिकाका प्रख्यात र्‍यापर कानवे वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा तथा डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनका ट्विटर एकाउण्ट मात्र नभइ दुनियाँकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक एप्पलको एकाउण्ट पनि ह्याक गरिएको छ ।