बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्किन सुरु

साउन १ । काठमाडौं बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्कामा लिएर लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गएको हिउँदमा कालोपत्र भएपनि अहिले नै भत्कन थालेको हो ।

सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको स्थानीयको आरोप छ । चरणबद्ध रूपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन ।

जोरपाटी क्षेत्रमा वैशाख पहिलो हप्ता शुरु भएको कालोपत्रको काम अहिले रोकिएको छ । यस्तै टुसाल चोकको मूल सडक पनि जीर्ण हुँदा पनि बनाउन कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

[sidebar name="button post"]