कोरोना भाइरस सङ्क्रमण हावाबाट फैलन सक्ने प्रमाण जुट्दै गरेको स्वीकार डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस सङ्क्रमण हावाबाट फैलन सक्ने प्रमाण जुट्दै गरेको स्वीकार गरेको छ । एरोसोल भनिने हावामा रहने साना कणबाट कोरोना फैलिन सक्ने प्रमाण जुट्दै गरेको डब्ल्यूएचओले स्वीकार गरेको  हो। ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने छिटाबाट अको व्यक्तिमा सर्छ ।

हावाको सानो कणमा रहेका कोरोना भाइरसबाट पनि मानिस सङ्क्रमित हुन सक्ने भन्दै केही वैज्ञानिकले डब्ल्यूएचओलाई कोभिड–१९ सम्बन्धी निर्देशिका संशोधित गर्न माग गरेको विवरण न्युयोर्क टाइम्समा प्रकाशित छ ।

३२ देशका २३९ जना वैज्ञानिहहरूले हावामा तैरिरहेका भाइरसले उक्त हावामा सास फेर्ने जोसुकै मानिसमा संक्रमण गर्न सक्ने उल्लेख गर्दै क्लिनिकल इन्फ्केसस डिजिज जर्नलमा खुलापत्र लेखेका थिए।

यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिने प्रमाण जुट्दै गरेको तर अहिले नै यो पुष्टि भइसकेको भन्न नमिल्ने बताइन् ।

डब्ल्यूएचओले मानिस–मानिसबीच कम्तीमा ३ दशमलव ३ फिट दुरी भएमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्भव भएको बताएको थियो । तर अब हावाको माध्यमबाट कोरोना भाइरस फैलिने कुरा पुष्टि भएमा ३ दशमलव ३ फिटको शारीरिक दुरीको नियममा परिवर्तन गर्नुपर्ने हुन्छ ।

[sidebar name="button post"]