औषधि व्यवस्था विभागले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।
बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले मेट्रो ४०० एमजी र सेटोफेन ५०० एमजी औषधि बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।