२४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या सात हजार सात सय ५२

पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या सात हजार सात सय ५२ पुगको हो ।

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्।

 

[sidebar name="button post"]