कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा सरकारले आवतजावतमा कडाइ

कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा सरकारले आवतजावतमा कडाइ गरेको छ ।

मास्क नलगाउने, पासको दुरुपयोग गर्ने , मोटरसाइकलमा दुईजना चढ्ने, जोरबिजोर नियम उल्लंघन  गर्नेलाई प्रहरीले निगरानी गर्न थालेको छ । पासको दुरुपयोग गर्नेहरु हरेक दिन १५ सयदेखि २ हजारसम्म कारबाहीमा परिरहेका प्रहरीले जनाएको छ  ।

नियम उल्लंघन गर्नेलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार एक महिनासम्म कैद अथवा एक सय रुपैयाँ जरिवानाको सजाय हुन सक्छ । घरबाट बाहिर निस्कँदा मास्क नलगाउनेहरु पनि कारबाहीमा पर्न थालेका छन् । कसैले मास्क नलगाई हिँडेको छ भने उसलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सकिने प्रहरीको भनाई छ ।

[sidebar name="button post"]