काठमाडौं । भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखी पुर्ण बदली रही मुलुकका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखी पुर्ण बदली रही प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।