
ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ‘द गार्डियन’ ले जनाएको छ।
६५ वर्षीय बोलसोनारोले आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी पत्रकार सम्मेलन मार्फत् दिएका हुन्।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिलमा कोरोना संक्रमितको कुल संख्या अहिले १६ लाख २३ हजारभन्दा बढी छ र ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए। उनले कोरोनालाई ‘सामान्य फ्लू’ भन्दै लकडाउनको विरोध पनि गरेका थिए।
केही दिनअघि ब्राजिलका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको एक फोटामा राष्ट्रपति बोलसोनारो र अरू नेता बिना मास्क देखिएका थिए।
गत मार्चमा बोलसोनारोले कोरोनालाई अरू ‘फ्लू’ भन्दा सामान्य भएको टिप्पणी गरेका थिए।
[sidebar name="button post"]








