प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा भागे

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए । ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।

प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।

फरार थुनुवाको खोजी सुरु भए पनि पक्राउ परेका छैनन् ।

[sidebar name="button post"]