इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको हो ।
इरान सरकारले महिलालाई पुरुषसँग नाच्न अनुमति दिएको छैन ।
२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।