संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाभित्र ‘सफा पशुपति, पवित्र पशुपति’ अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । मंगलबार पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिसँगको भेटका क्रममा उनले एक महिनाभित्र पशुपतिलाई सफा गर्न निर्देशन दिएका हुन् ।
“एक महिनाभित्रमा सफा पशुपति, पवित्र पशुपति भन्ने नाराका साथ पशुपति सफा हुनुपर्छ । मैले आकाश झार्नुस् भनेको छैन । आकाश झार्नुस् भनेको भए पो कूतर्क हुन्थ्यो । पशुपतिलाई सफा गरौँ ।”
बिहानतिर आउने तिर्थालुका कारण सफाइको काम प्रभावकारी नहुने भएकाले कारारमा कर्मचारी राखेर रातको समयमा काम गर्न सुझाव दिए ।
उनले कर्मचारीसँग काम गर्ने कार्यतालिकाको क्यालेन्डर बुझाउन पनि आग्रह गरे ।