‘बिग बोस १६’ की प्रतिस्पर्धी प्रियंका चाहर चौधरी बलिउडमा डेब्यू गर्दैछिन्। उनले बलिउड अभिनेता शाहरूख खानको अभिनय रहने फिल्म ‘डंकी’ बाट डेब्यू गर्न लागेकी हुन्।
भारतीय सञ्चारमाध्यम पत्रिकाका अनुसार बिग बोसको घरमै प्रियंका र निर्माण टिमबीच लिखित सम्झौता भइसकेको छ। तर आधिकारिक जानकारी आएकाे छैन।
यस फिल्मको लागि सलमान खानले प्रियंकाको नाम सिफारिस गरेका हुन्।
बिग बोस १६ लाई दर्शकले रूचाइरहेका छन्। छिट्टै शोको फाइनल हुँदैछ। उनले शोमा आउनुअघि टेलिशृंखला ‘उडारियां’ मा काम गरेकी थिइन्। यसै शोबाट उनी चर्चामा आएकी हुन्।
यो फिल्म २२ डिसेम्बर २०२३ देखि प्रदर्शन हुनेछ।