ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने भएका छन् ।
रुसी समाचार संस्था तासले जनाएअनुसार रुसको राजधानी मस्कोमा रहेका ती मुलुकका नियोगले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने जनाएका हुन् ।
त्यस्तै, रुसका लागि ब्राजिलका राजदूत रोड्रिगो बाइना सोआरेसले पनि खाद्य सुरक्षालाई असर पार्ने भएकाले ब्राजिलले पनि यस्ता प्रतिबन्धको समर्थन गर्न नसक्ने बताए ।
त्यस्तै, रुसका लागि भेनेजुएलाका राजदूत कार्लोस रफायल फारिया टोर्टोस्टाले क्युबा मुलुकपनि प्रतिबन्धबीच बाँचिरहेको भन्दै रुसमाथिको प्रतिबन्धलाई समर्थन गर्न नसकिने बताएको तासले जनाएको छ ।
[sidebar name="button post"]











