चुनावका दिन अत्यावश्यक बाहेकका सबै सवारी बन्द, अन्यले अनुमति लिनुपर्ने

aGbn] hghLjg k|efljt vfB ;'/Iffsf] dfu ub}{ g]qljqmd rGb g]t[Tjsf] g]skf -dfcf]jfbL_n] cfOtaf/ cfXjfg u/]sf] g]kfn aGbsf sf/0f /fhwfgLdf ;fj{hlgs ;jf/L ;fwg Go"gdfqfdf rn]sf 5g eg] lghL ;jf/L ;fwg s]xL a9L rn]sf 5g . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य पास लिनुपर्नेछ ।

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल तथा विद्युत सेवाजस्ता अत्याश्यक क्षेत्र र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनु पर्दैन ।

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ ।

अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ ।

यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थल र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ ।

यस्तै, अन्य सवारी साधनहरूलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ ।

बैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न आयोगले भनेको हो ।

[sidebar name="button post"]