‘पाइरेट्स अफ दी क्यारेबियन’ अभिनेता जोनी डेप लाई पुर्वपत्नी एम्बर हर्डले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । यो यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित बनेको छ ।
जोनी डेप र एम्बर हर्डको भेट हलिवुड फिल्म ‘द रम डायरी(२०११)’को सेटमा भएको थियो । सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे । तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जोनी डेपसँग सम्बन्ध बिच्छेदका लागी निवेदन दिइन् ।
अभिनेता डेपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाइन् । विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन् ।
५८ वर्षीय अभिनेता डेपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ । अब अदालतमा मे १६ मा बयानको अर्को शृंखला सुरु हुनेछ । मुद्धाको अन्तिम फैसला भने मे २७ मा हुनेछ ।











