श्रीलंकामा आपतकालीन अवस्था लागू भएको छ। राष्ट्रपति कार्यालय अगाडि भएको प्रदर्शनले हिंसात्मक रुप लिएको भोलिपल्ट (शुक्रबार) आपतकालीन अवस्था लागू गरिएको हो।
कोलम्बोमा बिहीबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय अगाडि राखिएको ब्यारिकेट नाघेर आगजनी गरेका थिए। समाचार संस्था रोयटर्सका अनुसार भिडन्तको क्रममा कम्तीमा २४ जना प्रहरी घाइते भएका थिए।
त्यसपछि सहरमा सेना परिचालन गरिएको छ।
श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक संकटका कारण जनजीवन प्रभावित हुँदा स्थानीयहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन्।
विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन।
[sidebar name="button post"]









