कतारमा यो वर्ष हुने विश्वकप फुटबलका ड्र सार्वजनिक भएको छ । विश्वकप फुटबल आउँदो नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ। साबिक विजेता फ्रान्स समूह डी तथा हाल विश्व बरियताको शीर्ष स्थानमा रहेको ब्राजिल समूह जीमा परेका छन् ।
समूह ए मा आयोजक कतार, इक्वेडर, सेनेगल र नेदरल्याण्ड्स छन् । यस्तै समूह बी मा इंग्ल्याण्ड, इरान, अमेरिका र युरोपियन प्ले अफबाट छनौट हुने (वेल्स, स्कट्ल्याण्ड वा युक्रेन) टिम रहने छन् ।
समूह सी मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड, समूह डी मा फ्रान्स, प्ले अफबाट छनौट हुने (युएई, अस्ट्रेलिया वा पेरु) मध्ये एक, डेनमार्क र ट्युनिसिया तथा समूह इ मा स्पेन, प्ले अफबाट छनौट हुने (कोस्टारिका वा न्यूजिल्याण्ड) मध्ये एक, जर्मनी र जापान रहेका छन् ।
समूह एफमा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह जी मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन तथा समूह एच मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।









