भारतमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा १ हजार ३३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेको छ।

एक दिनकै अवधिमा २८ जना संक्रमितको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ लाख २१ हजार १२९ पुगिसकेको छ ।

मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । भारत सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।
[sidebar name="button post"]