म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या

म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएका हुन् ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिवार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार विहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । म्यानमारका सामाजिक सन्जालमाहरु लेखिएअनुसार धेरै व्यक्तिहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् ।

एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको छ । सो संस्थाका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएयता हालसम्म ६ सय १८ जना प्रदर्शनकारीको हत्या भइसकेको छ । यद्यपि म्यानमारको सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ ।

गत फेब्रुअरीमा सेनाले म्यानमारको स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेर जितेकाले सत्ता हातमा लिएको सेनाको भनाइ छ । म्यानमारको निर्वाचन आयोगले भने चुनावमा धाँधली नभएको बताएको छ ।

[sidebar name="button post"]