पिएसजीको सहज जित, लिले शीर्ष स्थानमा

शनिबार राति फ्रेन्च लिग वान फुटबल अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।

खेलमा पिएसजीले स्टार्सबर्गलाई ४–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पिएसजीका लागि केलियन एमबाप्पेले १६ औँ, सराबियाले २७ औँ, केनले ४५ औँ र पारिडेसले ७९ औँ मिनेटमा गोल गरे ।

साहीले स्टार्सबर्गका लागि ६३ औँ मिनेटमा एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानको पिएसजीको ३२ खेलबाट ६६ अंक भएको छ । शीर्ष स्थानको लिलेको समान खेलबाट ६९ अंक छ ।

[sidebar name="button post"]