२९ चैत्र, सिरहा। सिरहाको लहानमा डाकाको समूहले एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरेका छन्। लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या गरेका हुन ।
डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई समेत पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्।
अनिताको लहान अस्पतालमा उपचार भैरहेको सिराहका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको छ












