कोरोनाको महामारी: घटेकाे छैन कागेश्वरी महादेवप्रतिको आस्था

अनिता धिताल र कबिता चापागाइँ

साउन १२ , काठमाण्डाैकाे कागेश्वरी मनाेहरा नगरपालिकामा रहेकाे कागेश्वरी महादेवको मन्दिरमा साेमबार चहलपहल देखियाे । साउन महिनाकाे दोस्रो साेमबार अाज दर्शनका लागि भक्तजन पुगेका हुन् ।

यस वर्ष कोरोना महामारीका कारण धार्मिक स्थलमा भिडभाड घटेकाे पाइएकाे छ । तर संक्रमण जाेखिमकाे डर भएपनि कागेश्वरी महादेव मन्दिरमा साउने सोमबारको दिन तिर्थालुकाे भिड लागेको हाे । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा रहेकाे कागेश्वरी महादेवको मन्दिरमा चहलपहल नै देखिएकाे हाे ।

सरकारले गएकाे चैत्र ११ गते लकडाउन गरेपछि सुनसान मन्दिरमा लकडाउन हटेपछि केही चहलपहल भएकाे हाे । तर सरकारले मठमन्दिरमा दर्शन गर्न खुला गरेकाे छैन । साेमबार १२ गते पनि पशुपतिनाथकाे मन्दिर दर्शनार्थीका लागि खाेलिएन । तर कागेश्वरी महादेव मन्दिरमा भने चहलपहल बाक्लै देखिएकाे हाे । कोरोनाको महामारीको अवस्थामा पनि कागेश्वरी महादेव मन्दिरमा विश्वास र आस्था बोकेर दर्शनार्थी टाढा टाढाबाट आउनु भएकाे थियाे । भद्रवासबाट आउनुभएकी ६५ वर्षकी इन्दिरा पुडासैनीले भगवानकाे अास्था नघटेकाे बताउनुभयाे । काेराेना सम्झेर बसेर मात्रै नहुने भन्दै उहाँले भगवानकै मन्दिरमा नअाए मन शान्ति नहुने पनि प्रतिकृया दिनुभयाे।

फुँयालगाउँबाट आउनु भएकी कमला खड्काले कोरोना महामारीले गर्दा अरु मठ मन्दिर बन्द भएको र पहिलाको तुलनामा कागेश्वरी महादेव मन्दिरमा दर्शालुहरुको चहलपहल बढेको भन्नुभयाे । अाफू हरेक वर्ष आउने गरेको पनि उहाँले बताउनुभयाे । कागेश्वरी महादेवकाे दर्शन गरे सुखशान्ति मिल्ने उहाँकाे भनाइ छ । फुयाँलगाउँबाटै आउनु भएका २५ वर्षकी सुस्मिता घिमाल पनि कागेश्वरी महादेव मन्दिरमा आएर दर्शन गर्नाले सुख, शान्ति, संमृद्धी प्राप्त हुने विश्वास रहेकाे बताउनुभयाे ।

त्यस्तै कृष्ण मन्दिरबाट आउनुभएका ६८ वर्षकी तुलसा पुडासैनिकाे प्रतिकृया छ, पहिला मन्दिरमा दर्शन गर्न निकै गारो हुने गरेकाेमा अहिले बाटो निर्माण भएकाले सहज भएको छ । जनविश्वास अनुसार कागले छुदा अनिष्ट हुने र कागेश्वरी महादेव मन्दिरमा आएर नुहाए अनिष्ट नास हुने धार्मिक मान्यता रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मुकुन्द गजुरेलका अनुसार सञ्चार माध्यमहरुमा अहिले कोरोेनाकै सुचनाहरु दिन र स्वास्थ्य मापदण्डकाे पालना गर्न भनेपनि कागेश्वरी महादेवको मन्दिरमा भाैतिक दुरी देखिएन । लकडाउन हटेकाे तर कोरोनाकाे जाेखिम नहटेकाे उहाँकाे भनाइ छ । उहाँले मन्दिरमा दर्शन गर्न आउनुभएका दर्शनार्थीलाइ आफ्नो स्वास्थ्यकाे सुरक्षा आफै गर्न भनेकाे पनि जानकारी दिनुभयाे ।

[sidebar name="button post"]