कोरोनाबाट थप ३ जनाको ज्यान गयाे

 साउन १२ । गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको ज्यान गएको छ । पर्साको विरगंज नगरपालिकाका ६५ वर्षका पुरुष र धनुषाको सहिदनगर नगरपालिकाका ३६ वर्षका पुरुषको हिजो र बाराको ठेटा गाउँपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।