साउन ९ , काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा १८ सय ५९ घर निर्माण भएका छन् । २०७७ आषाढ मसान्तसम्म ९ वटा वडामा १८ सय ५९ घर निर्माण सम्पन्न भएका हुन् ।
बितेको एक वर्षमा वडा नम्बर १ मा ९४, २ मा ५३, वडा ३ मा २२, वडा ४ मा ८४, वडा ५ मा १ सय ४७ वटा घर बनेका हुन् । त्यस्तै वडा ६ मा ३ सय ३७, वडा ७ मा ३ सय ८०, वडा ८ मा २ सय १५ र ९ मा ५ सय २७ वटा घर बनेका कागेश्वरीमनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगरपालिकाको विवरण अनुसार कागेश्वरीमा ३ हजार ६ सय ६७ लाभग्राही छन् । तीमध्ये ७५ घर प्रवलीकरणको सूचीमा छन् । प्रवलीकरणको काम अझै सुरु भएको छैन ।
घर पुनर्निर्माण गर्दा लाभग्राहीले घरको नक्सा पास गर्नका लागी फारम भरेर नगरपालिका वा वडामा बुझाउन सक्छन् । पुनर्निर्माणका प्रकृयागत चरण पुरा गर्नुपर्ने हुन्छ ।
घरको मापदण्ड पुरा गरी निर्माण सकेपछि मात्र घर निर्माण सम्पन्नताको प्रमाणपत्र पाइने कागेश्वरी मनोहरा नगरपालिकाका सूचना अधिकारी लिजना खड्काले बताउनुभयो । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि लाभग्राहीलाई ३ लाख रुपैयाँ अनुदान दिदै आएको छ ।