साउन ७ । ललितपुरको सातदोबाटो बृत्तमा थुनुवा रहेका कागेश्वरीका एक जनामा कोरोना भेटिएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका थुनुवामा कोरोना पोजेटिभ देखिएको छ ।
गत असार १९ गते काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नम्बर ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो ।