थप सय जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो

साउन ७ । नेपालमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सय जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण चिनियाँ नागरिकको ज्यान गएको हो । मुटुको विरामी उनको आईसूयीमा राखेर उपचारका क्रममा निधन भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।