साउन ७ । अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति काठमाण्डौको एक होटलमा युवतीसँग भेटिएका छन् ।
अपहरित भएको भनेर महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले खोजी गरिरहेका व्यक्ति काठमाडौं–४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी बसपार्कमा रहेको होटलमा भेटिएका हुन् ।
उनी पक्राउ परेपछि अपहरणको नाटक गरेको खुलेको छ र प्रहरीले पक्राउ गरेको महाशाखाका एसपी ईश्वर कार्कीले बताउनुभयो । विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनेर ऋण लिएको रकम फिर्ता दिनु नपरोस् भनेर रेग्मीले अपहरणको नाटक गरेको पाइएको पनि उहाँले बताउनुभयो ।