विदेशबाटै संक्रमित भएर आएका कागेश्वरीका ८ जना कोरोनामुक्त

देवकी घिताल

काठमाडौ । विदेशबाटै संक्रमित भएर आएका ८ जना कोरोनामुक्त भएका छन । कागेश्वरीमनोहरा नगरपालिकामा विदेशबाट फर्किएका १२५ जनामध्ये ८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएका उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

मूलपानी क्वारेन्टाइनमा राखिएका अरु भने यसअघि नै घर फर्किसकेका थिए । टेकु अस्पतालमा अन्तिम रिर्पोटमा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको नगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिए ।

कोरोना महामारीका कारण विदेशबाट फर्किएकाहरुलाई आफ्नै ठाउँमा स्वरोजगारका काम गर्न चाहनेलाई प्रोत्साहन र अनुदान सहयोग दिने तयारी भइरहेको नगरपालिकाका मेयर कृष्ण हरी थापाले जानकारी दिए ।