भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो- प्रेम प्रसाद फुयाल

२२ वैशाख, काठमाडौँ । स्थानीय निर्वाचनका लागि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट प्रेम प्रसाद फुयालले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

कागेश्वरीमा माओवादी केन्द्र र काँग्रेस बीचमा गठबन्धन भएको छ । माओवादी, काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी चुनावी मैदानमा छ । ठूलो पार्टीले गर्दा (राप्रपा) छायाँ परेको छ । साथै संगठन, मतदातापनि कमजोर नै छ ।

प्रेम फुयाल अघिल्लो पटक पनि अध्यक्ष उठेका थिए । तर ठुलो अन्तरालमा हार ब्यहोर्नु पर्यो । उनले २०७४ सालको चुनावमा पाँच सय मत ल्याएका थिए । तर, यो चोटी हाम्रो पार्टीमा नयाँ नेतृत्वले गर्दा राप्रपा वडा देखि नै केन्द्रसम्म राम्रो प्रतिक्रिया पाएको छ । राजेन्द्र लिङ्देन नभएर कमल थापा नै अध्यक्षमा भएको भए म यो चोटी अध्यक्षमा उम्मेदवारी दिदैँ थिए ।

तर नयाँ नेतृत्व परिवर्तन हुँदा । वडा देखि नै केन्द्रसम्म लिङ्देन समेटेर सङ्गठन मजबुत बनाएका छन् । त्यसैले गर्दा आफू अध्यक्षमा उम्मेदवारी दिदैँ ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो’ ठान्छु भन्दै आफूले शपथ खाएको फुयालले बताए।

ठूला दल भनौदा काँग्रेस, नेकपा एमाले, माओवादीले गर्दा देश ठूलो दुर्घटना गएको छ । वडामा पनि नातावाद कृपयावादले चलेको छ । जताततै भ्रष्टाचार स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायत ठाउँमा झनै अनियमितता ।

ठूला दलबाट जनता वाक्कदिक्क भएर फेरी एक चोटी राप्रपालाई अवसर दिने भन्दै मलाई अघि सरेको उनले बताए । म जनताको हितको लागि अहोरात्र खटिएको हुन्छु । जनताले नै मलाई पुनः अध्यक्षमा उठ्न सहयोग गर्छु भने पछि आफूले अध्यक्षमा उम्मेदवारी दिएको हु ।

वडा अध्यक्षमा तपाईंले उम्मेदवारी दिनुको कारण के हो ?

म जनताको सेवा गर्न आएको हुँ । जनताको हरेक समस्यालाई सेवा दिनलाई नै आफूले उम्मेदवारी दिएको हुँ ।

पार्टीबाट टिकट पाउन कतिको रस्साकस्सी चल्यो ? 

झन्डै म २५ वर्ष भो राप्रपामा लागेको । साधारण सदस्य हुँदै  पूर्व केन्द्रीय सदस्यसमेत हु । धेरै यो पार्टीमा ठूला बिचल्ली आए । पार्टी पटक पटक फुट्ने । यो पार्टी फुट्दा पनि एकताका साथ कुनै पनि पार्टीमा नलागीकन यहीँ पार्टीमा निरन्तर सेवा गरेको कारण आफूलाई पार्टीले टिकट दिएको हो ।

तपाईंले अहिले स्थानीय तहमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो’ यसलाई कसरी चित्रण गर्नु हुन्छ ?

यो देश भ्रष्टाचारले मौलाएको र दलहरूलाई विश्वास नगर्ने अवस्थामा छ । २०४६ सालपछि बहुदलीय व्यवस्था आइसकेपछि गणतन्त्र, लोकतन्त्र हुँदै यो अवस्था आइसकेपछि चरम भ्रष्टाचार भो । यो चरम भ्रष्टाचार र जनताले दललाई नपत्याए अवस्थामा अब जनताले हामीलाई पत्याउने अवस्था के हो त भन्दा हामीले देशको ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो’ । जो आमाले जन्म दिन्छ उसैको रगत खान सक्दैन । पकै पनि यो नारा लिएर गएपछि हामीलाई पत्याउन छन् । हिन्दुराष्ट्र, राजसंस्था र उदारवाद नारा लिएर अघि बढेका छौँ ।

वडाको विकासको लागि केकस्ता योजना बनाउनु भएको छ ?

धेरै वर्ष देखिनै म समाजसेवीमा छु । अहिलेको अवस्था स्वास्थ्य, शिक्षा र कृषि नै हो । यसको विकासको लागि हामी स्वास्थ्य र शिक्षामा अनियमितता छ । यसको म घोर बिरुद्धमा छु । अनि कृषि, नेपाल एक कृषि प्रधान देश हो।

[sidebar name="button post"]