२२ वैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनको लागि कागेश्वरी मनोहरा नगरपालिका वडा ६ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी तर्फबाट निवर्तमान अध्यक्ष प्रकाश फुयालले पुनः वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
उनी तत्कालीन नेकपा एमालेबाट विजय भए थिए । तर विभाजन भएपछि हुँदा उनी नेकपा एकीकृत समाजवादीमा गएका थिए । पार्टी विभाजन हुँदा कस्तो असर पर्छ । भनेर यो माओवादी र राप्रपालाई देख्न सकिन्छ । तर नेकपा एमाले विभाजन भए पनि आफूलाई केही असर पर्दैन भनेर प्रकाशले बताए ।
उनले भने ५ वर्ष जनताका सेवा गर्ने अवसर पाएका थिए । तर अहिले पनि जनताकै सेवा गर्दै आएको छु । जनताले फेरी एक चोटी मलाई नै सेवा गर्ने अवसर दिनु हुन्छ भने पूर्ण विश्वास रहेको उनले बताए । चुनाव जित्छु भने ढुक्क छु । जनताले आफूलाई यत्रो विश्वास गरेका छन्। महीले जनताकै लागि अहोरात्र खटिएको छु । चुनाव जित्छु । कुनै दुई मत नै छैन। पुनः अध्यक्ष हुन्छु ।
तपाईंले वडा अध्यक्षमा पुनः उम्मेदवारी दिनुको कारण के हो ?
निवर्तमान अध्यक्ष हुँदा श्रद्धा र पूर्ण जिम्मेवारीको साथ आफ्नो भूमिका निर्भ गरेका थिए । यहाँका जनता र वडावासी र पार्टीकै चाहनाका कारण मैले पुन: उम्मेदवारी हु । मेरो ५ वर्षको सकारात्मक कार्य प्रति माया र चाहनाका कारण फेरी अधक्ष्यका उमेदवारको रुपमा उभिएको उनले बताए ।
पाँच वर्षको कार्यकालमा केके विकास गर्नुभयो ?
मैले पाँच वर्षको कार्यकालमा धेरै विकास निर्माणका काम गरेको छु । जस्तै सडक निर्माण, खानेपानी, स्वास्थ्य लगायतमा आफू अहोरात्र खटिएर काम गरेको छ । नगर हस्पिटलमा कोरोनाको बेला भेन्टिलेटरमा, आइसीयु, पिसिआर टेस्ट, अक्सिजन जोडन गरियो । अझै सबै काम अधुरै छन् । तर खानेपानीमा निरन्तर लागिरहेको छु । साथै एम्बुलेन्सको पनि व्यवस्था गरेको छु ।
कागेश्वरीमा जनताले बसको लागि घन्टौं पर्किनु पर्ने बाध्यता कहिलेसम्म ?
हामीले केही वर्ष पहिला नगर बसको पनि व्यवस्था गरेका थियो । तर नगर बस खाली खाली सडकमा हिड्न थालेपछि हामीले बन्द गरेका थियौं । तर अहिले बढ्दो शहरका कारण पुनः आवश्यकता देखिए पछि हामीले नगर बसको पनि पहल गरेका छौँ । यो चांडै पुरा हुन्छ ।










