स्वास्थ्य, शिक्षा, कृषि र खानेपानी मेरो पहिलो प्राथमिकता: उपेन्द्र कार्की

२१ वैशाख, काठमाडौं । अगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि कागेश्वरि मनाेहरा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता उपेन्द्र कार्कीले मेयरमा उम्मेदवारी दिएका छन् ।

कागेश्वरिमा नेकपा माओवादी र काँग्रेसले गठबन्धन गरेका छ । गठबन्धन हुँदा काँग्रेसलाई मेयर र माओवादीलाई उपमेयर दिएको हो । काँग्रेसले मेयरमा कार्कीलाई सिफारिस गर्दा नेकपा माओवादीबाट उपमेयरमा भोला चापागाईलाई सिफारिस गरेको हो ।

काँग्रेस र माओवादीको सयुक्त गठबन्धनको तर्फबाट कांग्रेसले आफूलाई अघि सारेको कार्कीले बताए । आफूले २०७४ सालमा पनि मेयरमा उम्मेदवारी दिएको थिए । तर झीनो मतदान्तरले पराजित भए । पाँच वर्षमा जसरी यो नगरपालिका अगाडि बढ्यो यसप्रति हाम्रो तीब्र असन्तुष्टि भएको कारण आफूले मेयरमा पुनः उम्मेदवारी दिएको उनले बताए ।

नगरपालिकामा अथा सम्भावना भएर पनि जुन किसिमको विकास हुनुपर्थो । त्यो किसिमको विकास हुन सकेन् । नगरपालिका सुशासन बिषयमा चुक्यो, विकास निर्माणलाई समावेशी बनाउने कुरामा चुक्यो, वडा देखि नगरपालिकासम्म बिभिन्न दललाई सँगै लिने बिषयमा चुक्यो, नगरपालिकाका आफ्नो पूर्ण कार्यकालमा खर्च, स्रोत साधनमा उचित प्रयोग गर्नमा चुक्यो, विकास निर्मणका काम चुक्यो लगायतमा नगरपालिका चुकेका कारण आफू पुनः अघि सरेको कार्कीले बताए ।

आफ्नो पहिलो प्राथामिकता स्थानीय सरकार साँचो अर्थमा स्थानीय सरकारको अनुभूति गराउने हाम्रो पहिलो प्राथामिकता हो । सुशासनलाई युक्त प्रशासन चलाउने । विकास निर्माणलाई पारदर्शीता र जबाफदेही बनाएर जाने हाम्रो दोस्रो प्राथामिकता हो ।

नगर तथा वडाको विकासका लागि के कस्ता योजना बनाउनु भएको छ ? 
यो नगरपालिका बस्ती जुन ढंगले तिब्र रुपले बस्ति विकास हुँदै गएको छ । तर बस्तिहरुलाई व्यवस्थित रुपमा विकास गर्न नसकेको छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुन्दर, सफा शहर बनाउने सुरक्षित शहर बनाउने जे-जस्ता खालका कार्ययोजनासहित शहरी विकास र तोकेका मापदण्डहरुको गर्दै शहरी विकासको अवधारणा ल्याउनेमा चुकेको हुनाले । अब भोलिका दिनमा हामी हरेक वडामा नमुना बस्ती बनाउने । जग्गाधनी, निजीक्षेत्र र स्थानीय सरकार मिलेर नमुना बस्ती बनाउने योजना रहेको छ । त्यसै गरि यो नगरपालिकामा सबै भन्दा ठूलो समस्या भनेको खानेपानी । अब हामी पाँच बर्षमा हरेक जनताको घर घरमा स्वच्छ खानेपानी पुर्याउने हाम्रो प्रतिबद्धता छ । अनि सडक र पर्यटकनको विकास, बातावरण संरक्षण, कृषिको विकास, महिला स्वरोजगार तालिमलगायतमा अन्य दल भन्दा फरक ढंगले काम गर्ने हाम्रो प्रतिबद्धता छ । जेष्ठनागरिक, अपाङ्गता, महिला, सामाजिक विभेद यी सबै कुरालाई समाधान गर्ने गरि जनमुखी कार्यक्रम ल्याएर आउने उनले बताए ।

देशभर पाँच दलीय गठबन्धन भएको छ, तर यो नगरपालिका दुई दलीय किन ?
पाँच दल रास्ट्रिय गठबन्धनमा रहेका मध्य ३ दल अस्तित्व छन् । जसमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी ३ दल अस्तित्व छ । नेकपा एकीकृत समाजवादीको संगठन हैसियत र मतदानहरुमा पकड जुन स्थारको छ । त्यो भन्दा माथि रहेर उहाँहरुको माग यहाँको नगरप्रमुख पाउनु पर्छ भने अडानले गर्दा त्यसमा नेकपा माओवादी र काँग्रेस सहमति हुन सकेन । काँग्रेसको चाहना र माओवादीको प्रस्थापमा काँग्रेसको नेतृत्वमा नगरप्रमुख काँग्रेस र उपनगर प्रमुखको माओवादी  र नै ओटै वडा अध्यक्ष काँग्रेसलाई दिने सहमति भो । अनि ११ वटा सदस्य माओवादीलाई दिने सहमति भएको छ । अनि समजबादिले आफ्नो हैसियत भन्दा धेरै र  पाँच बर्ष सरकार रहेर अन्य दलसंग निवर्तमान मेयर कृष्ण हरि थापाले गरेको असहिष्णु व्यहोराले गर्दा हामीले गठबन्धन गर सकेनौं ।

 नगरपालिकामा स्वास्थ्य, शिक्षा र कृषिमा केकस्ता खालका भावी योजना बनाउनु भएको छ ?
काँग्रेसकको घोषणा पत्रमै भनेका छौँ । स्वास्थ्य भनेको “कोख देखि सोखसम्म नेपाली काँग्रेस” । कोखमा बच्चा आएदेखि आमा र बच्चालाई चाहिले पौष्टिक तत्व, फलफूल र औषधि उपचारका लागि नगरपालिकाले बिशेष प्याकेज ल्याएर आउने छ । सर्ने र नसर्ने रोग त्यसमा क्यान्सर, मधुमेह, कोरोनालागायतका बाट ग्रसित नागरिकलाई सहि उपचार सुबिधा पुराउने भने हाम्रो पहल छ । अनि कृषिमा हाम्रो नगरपालिकामा वडा १ देखि ३ सम्म आधारित परिवार छ । उनीहरुलाई कृषि सम्बन्धि बिभिन्न किसिमका प्याकेज ल्याउने । रासायनिक मलको कम प्रयोग गर्ने ।

चुनाव जितिसकेको पछि पहिलो काम यो गर्छु, भनेर केके योजना बनाउनु भएको छ ?
चुनाव जितिसकेको पछि म राजनीतिक दल देखि निर्वाचित भएर गरेका नगर सदस्यदेखि प्रमुख उपप्रमुख हामी सबैको सिङ्गो जनप्रतिनिधि मण्डल र त्यहाँको कर्मचारीबीच योजन बनाएर सहि खाले प्रसाशन संचालन गर्ने । वडा देखि नगरसम्म विकास निर्मणका तर्जुमा नीति योजना कार्यक्रम तयार गर्ने कुरोमा मेरो ध्यान जाने छ । आफू निर्वाचित भएपछि आफ्नो पहिलो दस्ताखत खानेपानीमा हुने छ । पाँच बर्ष भित्र सबैको घर घरमा स्वच्छ खाने पानी खान पाउने  प्रतिबद्धता छ ।

[sidebar name="button post"]