यर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ ।
दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । विमानमा यात्रु मध्ये १० बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।