प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, डाक्टर शिवमाया तुम्बाहाङ्फेलगायत सात जनाको रिपोर्ट नेगेटिभ आएको हो ।