बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५

२२ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

विस्फोट हुँदा मुख्य खाद्य भण्डार पनि नष्ट भएपछि समस्यामा परेको त्यहाँको वित्त मन्त्री राउल नेहेले बताउनुभएको हो । उहाँकाअनुसार अब लेबनानमा एक महिनाभन्दा पनि कम समयको लागि मात्रै पुग्ने अन्न मौज्दात छ ।

मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

अहिले पनि भवनभित्र १०० जनाभन्दा बढी फसेका र उनीहरुको खोजी कार्य जारी रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको एक भनेका छन् ।

[sidebar name="button post"]