आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने

२२ साउन, काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।

आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ ।

[sidebar name="button post"]