ब्रिटिश आर्मीमा भर्ती खुल्यो

२२ साउन, ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस र सिंगापुर ‘रिक्रुट इन्टेक २०२१’ भर्ती खुलाएको छ । कोरोनाले गर्दा गएको वर्षको इन्टेकमा अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र यो अवसर दिएको छ ।

कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट बाट बाहिरिएका युवालाई मात्र अवसर दिइएको छ ।

ब्रिटेनको ब्रिगेड अफ् गोर्खाजका निम्ति ४ सय ३२ जना र सिंगापुर पुलिस फोर्समा १ सय २० जनाको छनोट गरिने ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा उल्लेख छ ।

गत वर्षको रेकर्डअनुसार पुनः आवेदन दिन नपाउने एनआरएमा परेका पूर्वबाट २ सय ४७ र पश्चिमबाट ३ सय २४ जना छन् ।