लेबनानको राजधानी बेरुतमा केही समयअघि ठूलो विष्फोट भएको छ। आकाशमा बादल लागेजस्तो आगो र धुवाँको मुस्लो देखिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
लेबनानकै राष्ट्रिय समाचार संस्था एनएनएका अनुसार भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको हाे । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गर्नुभएको छ । उहाँले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसक्नुभएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ ।