युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला सिरी ए सिजनकाे यस वर्षकाे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् ।
सिरी एले वार्षिक रुपमा प्रदान गरिने याे अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले पहिलो सिजनमा याे अवार्ड प्राप्त गरेका थिए ।
इटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडीलाई मुल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो । ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।
रोनाल्डोले यस सिजन सिरी एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसंग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।