विना बाजागाजा पाटनमा सुरु भयो मतया पर्व

साउन २१ , कोरोना भाइसरको संक्रमणको जोखिम कायमै रहेकाले पाटनमा आज दीपयात्रा मतया साधारण किमिमबाट संचालन भइरहेको छ । बाजागाजा विना आयोजक टोल, ओकुबहालका केहि भक्तजनको सहभागितमा मतया बिहान पाँच बजेबाट शुरु भएको हो ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्रीशहरमा रहेका बिभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ । विशेष गरेर बौद्ध धर्मालम्बीले वर्षभरीमा दिवंगत भएका आफ्ना आफन्तजनको सम्झनामा धान , चामल, पैसा लगायतका विभिन्न सामग्री दान दिदै हातमा दीप लिएर मतया जाने गर्दछन् ।

यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतया भनिएको हो । मतया मंगलबजार, सौगल, नागबहाल लगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मालिएर संचालन गर्ने गर्दछ । मतयाको अर्को आकर्षण भनेको नौबाजा पनि हो ।

मतयाको रुटमा परम्परागत धाः, दम्वःखिं , न्येकू लगायतका नौवटा बाजा बजाएर जाने चलन छ । आजका दिन बाजा समूहले मंगलबजारको कात्तिक डबलीमा विशेष कार्यक्रम गर्ने गरेकोमा आज भने बाजाको प्रस्तुति नहुने आयोजक टोलले जनाएको छ । मतया लिच्छवी राजाबालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ ।

त्यस्तै आज थेचो, खोकना लगायतमा पनि सिमित भक्तजनको सहभागितामा मतया संचालन हुनेछ । मतया लिच्छवी राजाबालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ ।