रमिला नेपाल
काठमाडौंमा चिसो भित्रीदैं छ ।बिस्तारै बिहानीको घाम प्यारो लाग्न थालेको पनि राति सुत्ने बेला अझै झुल टाँग्नुपर्ने छ।गएराति कसो-कसो लामखुट्टे झुलभित्र पस्न भ्याएछ। कानमा भुनुभुनाएको अावाजले जुरुक्क उठे ।
देखे झुलको वरिपरि दुईवटा लामखुट्टे नाचिरहेका।मोबाइलको उज्यालोमा खोजी खोजी झटपट दुईटैलाई मारिछाडेँँ। एउटा भोकै रहेछ।अर्को टन्न अघाएको ।पक्कै पनि उसले कलिलो रगत हुने भएर मलाई नै टोकेको हुनुपर्छ ।
लामखुट्टे त मर्यो।अब अान्नदले निर्द्रा लागला भनेको,लागेन।कोल्टे फेरेँ बरू एक हरनै पाट्टिएजस्तो भयो ।अहँ,निर्द्रा लाग्दै लागेन।दिमागले अलि बढी कुरा खेलायो,कुराहरू कति हवारहवार्ती अाए भने मथिंगल नै चर्किएलाजस्तो भयो ।अाखिर म पनि एउटी बालीका हुँ।जसरी निर्मला जस्ता धेरै बालबालिका छन् ।
एउटा खुन चुस्ने लामखुट्टे अाउँदात एउटी बालिका बेचैन भएर निदाउन सक्दिनँ भने ती बालबालिकाले कसरी सहँदा हुन ,जसको प्रणभन्दा प्यारी साथी राक्षसहरूले चिथोरेर खाएका छन् ।त्यस्ता दानव लाई सजाय भएको भए म पनि निर्धक्क निदाउन सक्थ्यें ।
पापी मनले पापै चिताऊँछ भनेझैं म जस्ता हुर्कँदै गरेका बालबालिका को डर हटाउन सक्छ सरकारले ???
यहाँ एस्तै चलन छ भनेर नबस ,मैले मात्र गरेर के हुन्छ नसोच ,दियो सधै बलेर देखिन्छ यो जगतमा आफू भित्रको भय र लज्जा नहेर। हेर तिमी भित्र एउटा अजय नायक छ दुनिया को जुन सुकै कुनामा जन्मे पनि सन्सारले जति अग्ला पर्खाल लगाए पनि, हौसल्लाको पखेटा बनाउने विद्यालयलाई रोकिदैन सङ्कल्प बिघ्न बाधा आए पनि।
हेर आकास मा कालो बादलको वरि परि चादी को घेरा छ हेर धर्तीमा तिमी जन्मिनु को महान कारण छ।के छैन त्यो नहेर जिन्दगी मा आफू सङ्ग के छ त्यो हेर, के भन्छ दुनिया त्यो नसुन, जाने ठाउँ थाहा नभएको मान्छे त दिउँसै हराउछ यहाँ, पुग्ने ठाउँ थाहा भए जुन बाटोले पनि पुर्याउछ, एउटा पालुवाले रितु परिबर्तन को संगीत गर्न सक्छ, एउटा ढुङ्गाले नदिको धार बदल्न सुरु गर्छ, एउटा शब्दले सम्मान र प्राथना दर्साउन सक्छ, एउटा दियो ले हामिलाइ बाटो देखाउन सक्छ, एउटा परिवारबाट गाउँ र बस्तीको सुरुवात हुन्छ, हेर तिमी भित्र के छ हेर यो धर्तीमा तिमी जन्मिनुको पनि महान कारण छ।
नपुग्दो हो म जस्ता हजारौं छोरीहरु चिच्याएको आवाज हजुरको झ्याल , ढोकाबाट भित्र । बिन्ती एकपल्ट झ्याल र ढोका खोलेर हेर्नुहोस् , ध्यान दिएर हेर्नुहोस् र कान खोलेर सुन्नुहोस् । हेर्नुहोस् गल्ली-गल्लीमा लुटिएका निर्मलाहरुलाई । सुन्नुहोस् मन्दिरभित्रै मारिएको सम्झनाको चिच्याहटलाई ।
एक फेर कदम उचालेर त हेर्नुहोस् यी पापीहरुको कदम आफैँ पछि सर्नेछ ।बिन्ती, मलाई निर्धक्कले हिड्न सक्ने बाटो बनाईदिनुहोस् या घोषणा गरिदिनुहोस् कि यो देशमा छोरी जन्माउन मनाही छ यदी छोरी चेेेलिलाई जन्माउन दिने हो भने सरकार बालबालिका हरूलाई निर्धक्क सगँ बाच्न दिनु पर्छ ।कति हामी डर त्रासले मात्रै बाच्नु पर्ने सरकार ????









