के तपाईं तनाव लिनुहुन्छ ? यसरी गरौँ तनावको सहि व्यवस्थापन

  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

के तपाईं तनाव लिनुहुन्छ ? पक्कै लिनुहुन्छ होला । केहि काम गर्नुपर्यो तर त्यसभन्दा अगाडि नै तनावै तनाव छ पनि भन्नुहुन्छ होला । मन अस्थिर हुनु, रिस उठनु, दिक्क लाग्नु, केही काम गर्न मन नलाग्नु जस्ता लक्षण भए त्यसलाई तनावका रुपमा लिने गरिन्छ ।

तनाव कसरी हुन्छ ? भन्ने सम्बन्धमा मान्छेलाई आफुले भनेको अनुसार भएन भने रिस उठ्छ र तनावमा जान्छ । अर्को सबै कुरा आफुले मात्रै जानेको छ भन्ने सोंच तर त्यो बिषयमा अरुले केही बोलेमा वा जित्न नपाएमा पनि रिस उठ्छ र मानिस तनावमा जान्छ ।

त्यस्तै अपेक्षा अनुसार काम वा उद्देश्य पूरा हुन सकेन भने पनि तनाव हुन्छ । अर्को भनेको अरुको प्रगती भएको देखेमा इर्ष्याको कारणले पनि मानिसमा तनाव उत्पन्न हुने गरेको पाइन्छ । विशेषगरी प्रगतिको सम्बन्धमा भने आफ्नै पारिवारिक नाताको नजिकको मानिसको प्रगती भयो भने पनि इर्ष्याको कारणले मानिसहरु तनावमा जाने गर्छ ।

मै हुँ म जस्तो कोहि पनि छैन भन्दा पनि मानिस घमण्डले तनावमा जान्छ । धेरै कुराहरु नजानिकन जानेको जस्तो गर्ने र नजान्नेलाई जानेको भन्देओस् भन्ने सोंचले गर्दा पनि तनाव नै हुने गर्छ । अर्को खानपानको कारणले पनि मानिसहरू तनावमा जाने गरेको पाइन्छ । जस्तै मांसाहारी र मद्यपान गर्ने ब्यक्तिहरुमा छिटो तनाव पैदा हुन्छ ।

अब तनावबाट कसरी मुक्त रहने

सबभन्दा पहिला हामीले अरुको प्रंशसा गर्न सिकौं । यसले पनि मानिसमा भएको तनाव स्वाटै घट्छ । तर हामी बिच त्यस्तो अभ्यास नै भएको दैखिदैन । अरुले चाहिँ राम्रो नै काम गरे पनि त्यो त केही हैन जस्तो गर्ने बानी हटाउनुपर्छ । त्यस्तो त मैंले नि गर्न सक्छु भन्ने सोंचले यसै तनाव हुन्छ ।

यदि तपाईंले अरुको नराम्रो कुरा गरेमा उसले पनि तपाईंको नराम्रो कुरा खोजेर भन्छ । त्यसकारण जहिले पनि राम्रो कुरा मात्र गरौं । अरु ब्यक्तिहरुको कुरा गर्दा पनि उसको राम्रो पक्षको कुरा मात्र गर्ने गरौं यसो गर्दा तनाव हल्का हुन्छ ।

धन्यवाद भन्न सिकौं

हामीले अरुलाई काम लगाउँछौ, काम गरिदिन भन्छौ अनि त्यो काम भएपछि काम गरिदिने ब्यक्तिलाई कहिल्यै पनि धन्यवाद है तपाईंले त्यो काम गरिदिनु भयो मलाई साहै्र सजिलो भयो । तपाईंले गर्दा राम्रो भयो भन्दैनौं । काम सकिएपछि त्यो ब्यक्तिलाई वास्ता समेत नगर्ने हाम्रो बानी छ । धन्यवाद त टाढाको कुरा रहन्छ । त्यसकारण जहिले पनि कसैलाई केहि काम गर्न लगाऔं। त्यो काम पूरा भए पनि वा उसले गर्दा नभए पनि उसलाई सुन्ने गरि धन्यवाद है तपाईंलाई भनिदिए भने उ खुशी हुन्छ र तपाईंलाई पनि उसले राम्रो भन्दछ । यसरी पनि तमाव कम गराउन सकिन्छ ।

सहयोगी भावना राखेर काम गर्नुस्, तपाईंलाई खुशी प्राप्त हुन्छ । अरुलाई केही समस्या परेको भेटेमा वा केही अप्ठ्यारो परेको देखेमा सहयोग गर्नुहोस् । तपाईंलाई आनन्द प्राप्त हुन्छ, तपाईं तनावबाट मुक्त भई खुशी हुन सक्नुहुन्छ ।

तपाईंसंग जे छ त्यसमा नै खुशी हुन सिक्नुहोस् । तनाव मुक्त हुन्छ । जस्तो कि यदि तपाईंसंग मोटरसाइकल छ कार छैन भने तपाईं मोटरसाइकलमा नै खुशी रहनुस् । यदि तपाईंसंग घर छैन भाडामा बस्नुहुन्छ भने तपाईं भाडाको घरमा नै खुशी रहनुस् । अपेक्षा ठुलो र उद्देश्य धेरै राख्नु ठिकै होला तर ती पूरा नभएमा पनि दुखी नहुनुस्। त्यसमा तपाईंले के कति प्राप्त गर्नुभएको छ त्यसमा रमाउनुस् ।

अरुको प्रगतिमा जहिले पनि खुशी मान्नुस् उसलाई बधाई, शुभकामना दिने बानी बसाल्नुस् तपाईं खुशी रहन सहयोग गर्दछ । अरुको नकारात्मक कुरा गर्न छाड्नुस् । अरुको कुरा काट्ने काम छाड्नुस् यसबाट पनि तपाईंलाई खुशी रहन सहयोग पुग्छ । आफुले जानेको काम वा गरिरहेको कामलाई निरन्तरता दिनुस्, त्यसैमा तपाईंले एक दिन अवश्य सफलता प्राप्त गर्नुहुनेछ । अनि आफ्नो कामलाई सम्मान गर्नुहोस् ।


  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares