आज पुस २६ गते आइतबार देश तथा विदेशमा घटेका महत्वपुर्ण समाचार

आजका मुख्य समाचारमा

“अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन” : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट गर्नुभयो ।

राष्ट्रिय सभाको अधिवेशन अन्त्य
राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा विघटन: मुद्दाको सुनुवाइ कुन इजलासले गर्दा उचित?
प्रतिनिधिसभा विघटनसम्बन्धी करिब १ दर्जन रिटको सुनुवाइ पुष २२ गते देखि निरन्तर रूपमा हुने भनिएको भए पनि एक सातापछिको समयका लागि पेसी तोकिएको छ।

विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन सक्दैन : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न हो भन्नुभएको छ ।

 सधैँ जालझेल र तिक्डम भो : प्रधानमन्त्री ओली  
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो कदमको बचाऊ गर्दै आफूलाई काम गर्न दिने वातावरण नभएको बताएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कति कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।

‘अदालतलाई दबाव र प्रभावमा पार्न नहुने’ : अध्यक्ष कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताउनुभएको छ ।

स्रोत नखुलेको झण्डै रु ३२ लाख रकमसहित एक पक्राउ
नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

सामाजिक सन्जालमा अनधिकृत पहुँच राखी लेख्ने किशोर पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखी सामाजिक सन्जालमा लेख्ने एक किशोरलाई पक्राउ गरेको छ ।

हिउँदे गाउँसभा : बडिगाडको योजनामा चार करोड विनियोजन
बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाट योजनामा बजेट विनियोजन गरेको छ । कानून बनाउनका लागि हुने गरेको गाउँसभाले अघिल्लो आर्थिक वर्षको बाँकी बजेटलाई योजनामा बाँडफाँड गरेको हो । चालू आर्थिक वर्षको मध्यअवधिमा ६ वटा योजनाको लागि रु साढे तीन करोड बाँडफाँड गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा
सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका छन्।

चितुवाको छालासहित शंखमुलबाट तीनजना नियन्त्रणमा
प्रहरीले चितुवाको छालासहित काठमाडौंको शंखमुलबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्दै आएका २८ वर्षीय अर्जुन जिरेल, दोलखाकै जिरी नगरपालिका–३ घर भई भक्तपुरको नयाँवस्ती वस्ने ४८ वर्षीय जयवहादुर जिरेल र कैलालीको धनगढी नगरपालिका–७ का २२ वर्षीय राज कँडेल रहेका छन् ।

खोलामा पर्ने जग्गा हिनामिना गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ललितपुरमा खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । जिल्लाको निजगढ नगरपालिका( १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।

बेलायत बस्दै आएका गायक बद्री केसीको मृत्यु
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हा

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीको टिम घोषणा
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले आइतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो

भारतीय खेलाडीलाई उछिन्दै ढाका म्याराथनमा पुष्पाले जितिन् स्वर्ण
बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

बागलुङमा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण
भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ । यसका लागि दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिनुभयो ।

१२ वर्षमासम्म पनि हात्तीपाइले भएन निवारण
सामान्यतया ६ वर्षमा निवारण भएको हात्तीपाइले जिल्लामा १२ वर्षमा समेत निवारण भएको छैन । हात्तीपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ ।

जग्गा अभावका कारण नौ वर्षदेखि सवारी अनुमति परीक्षा ठप्प
जग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ नौ वर्षदेखि सञ्चालनमा आउन सकेको छ्रैन । यहाँको धौलागिरि यातयात व्यवस्था कार्यालयमा २०६९ सालदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न सकेको छैन ।

दुई सय बढी घरमा खानेपानीको धारा जडान
खानेपानीको समस्या सकस बेहोर्न बाध्य धम्जाका दुई सय बढी घरमा खानेपानी पु¥याइएको छ । गण्डकी प्रदेश सरकारले तीन वर्ष अघिदेखि निर्माण शुरु गरेको खानेपानी आयोजना अन्तर्गत बागलुङ जिल्लाको काठेखाला गाउँपालिका–३ धम्जामा सञ्चालित ‘एक घर एक धारा’ अभियानका क्रममा २३४ घरमा धारा जडान गरिएको छ ।

पाकिस्तानमा अघिकांश शहरमा विद्युत् आपूर्ति बन्द
पाकिस्तानमा शनिबार राति अचानक समग्र मुलुकका अघिकांश शहरमा विद्युत् आपूर्ति रोकिएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयले पावर ट्रान्समिसन प्रणालीको फ्रिक्वेन्सीमा गिरावट आएसँगै विद्युत् आपूर्ति रोकिएको बताएको छ ।

अमेरिकी उपराष्ट्रपति पेन्स जनवरी २० मा हुने बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने
अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसक्नु भएको छ ।

कोरोना विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा
बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।

नेपाल आयल निगम डिजिटल प्रणालीमा रुपान्तरण हुँदै, कीर्तिमान नै राख्ने गरी तयारीमा
‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापनमा लागि परेको छ ।

अझै राेकिएनन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम
जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।

माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय
सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

[sidebar name="button post"]