२६ पुष, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो कदमको बचाऊ गर्दै आफूलाई काम गर्न दिने वातावरण नभएको बताएका छन् ।
सम्बोधनमा ओलीले जहिल्यैपनि झमेलामात्रै सिर्जना गर्ने । केही व्यक्तिका व्यक्तिगत आकाक्षां, महत्वकांक्षाहरु र पदलोलुपता जस्ता कुराहरुहरुले राष्ट्रिय राजनितिलाई नै प्रदुषित गर्न खोजेको आरोप लगाएका छन् ।
स्थिरता र स्थायित्वतर्फ देशलाई अघि बढ्न नदिएर राजनीतिलाई फेरी, बुहमतलाई टुक्राउने, बुहमतलाई खण्डित गर्ने, बहुमतलाई ध्वस्त पार्ने, र फेरी अस्वस्थ, अनुचित अलोकतान्त्रिक लेनदेन, गठजोड, जालझेल, तिक्डम, षड्यन्त्र, बाट देशको राजनितिलाई, फेरी ६–६ महिनामा प्रधानमन्त्री फेरिने खालको अस्थिरतातर्फ धकेल्ने । काम हुन नपाउने, जोडघटाउ, मोलतोल, लेनदेनमै सरकारको समय बित्ने, संसदलाई प्रभावकारी ढङ्गले काम गर्न नदिने’, उनले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै भने, ‘कतिपय बिधेयकहरु अड्काइदिने जस्ता प्रयासहरु भएको बताएका छन् ।









